Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ बिहीबारदेखि, ३५ देशका ९५ फिल्म प्रदर्शन हुने

    अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ बिहीबारदेखि, ३५ देशका ९५ फिल्म प्रदर्शन हुने

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 669
    SHARES

    काठमाडौं । काठमाडौंमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।



    महोत्सवमा ५५ देशबाट आवेदन परेका ५ सय भन्दा बढी चलचित्रमध्ये ३५ देशका ९५ वटा चलचित्र प्रतियोगिताका लागि छनौट भएका छन् ।



    छनौट भएका सबै चलचित्र क्यूएफएक्सद्वारा सञ्चालित काठमाडौंको सिभिल मल र छाँया सेन्टर, ललितपुरको पुलचोकस्थित लविङ मल र भक्तपुरको राधेराधेस्थित भाटभटेनीमा रहेको हलमा ती चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ ।

    चैत्र ६ गतेसम्म आयोजना हुने महोत्सवको नारा ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार