Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मन्त्री र उच्च पदस्थ कमर्चारीलाई अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न रोक

    मन्त्री र उच्च पदस्थ कमर्चारीलाई अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न रोक

    यती जहाज दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 555
    SHARES

    काठमाडौं । सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको छ ।

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको हो ।



    वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अति आवश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाईएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    मन्त्रिपरिषद बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ भने यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ ।

    गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइन एनएएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज सेती नदीको खोंचमा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार