Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा एमालेको उजुरी

    कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा एमालेको उजुरी

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 357
    SHARES

    काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

    उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।



    आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो ।



    आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी गरेको एमाले सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

    उपराष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेबाट मौनअवधि सुरू भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार