काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रचारप्रसार गर्न नपाइने अवधिमा उमेदवारलाई मत दिने/नदिने निर्णय गर्न नपाइने व्यवस्था पालना गर्न आग्रह गरिएको छ ।
एसएसम गर्न नपाइने, समाजिक सञ्जालमार्फत मत माग्न नपाइने विषयमा पनि ध्यान दिन आग्रह गरिएको छ ।
आयोगले मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आग्रह गरेको छ।
निर्वाचनमा ४ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । सत्ता गठबन्धन दलबाट ३ जनाको उम्मेदवारी परेको छ भने प्रतिपक्षी दलबाट एकजनाको उम्मेदवारी परेको छ ।
Leave a Reply