Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी

    बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 501
    SHARES

    एजेन्सी । बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको छ । बेलायतले चिनियाँ स्वामित्वमा रहेको भिडियो शेयर गरिने एप टिकटकमाथि प्रतिबन्ध लगाउन लागेको हो ।

    प्रधानमन्त्री ऋषि सुनकले यसअघि अमेरिकाको भ्रमणका क्रममा सरकारले ‘सरकारी उपकरणको सुरक्षा’लाई गम्भीरतापूर्वक लिएको बताएका थिए ।



    सन्डे टाइम्सले गएको हप्ता नै साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिसको सुझाव दिएको उल्लेख गरेको थियो ।



    टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार