Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्रीज्यू ! ठुला साबको म्याद थप हैन तल्लो दर्जाको बढुवा गर्नुस्

    प्रधानमन्त्रीज्यू ! ठुला साबको म्याद थप हैन तल्लो दर्जाको बढुवा गर्नुस्

    राधाकृष्ण देउजा
  • शुक्रबार, ३ चैत्र २०७९
  • 3.7K
    SHARES

    नेपाल प्रहरीमा हाल आइजिपीसहित उहाँका व्याजीहरुको हाल विद्यमान सेवा अवधिको आधारमा केही दिनमा अवकाश हुने व्यवस्थालाई परिमार्जन गराउन सक्दा आफू र आफू सँगै भर्ना भएका साथीहरूको सेवा अवधि लम्बिने हुनाले त्यस किसिमको कोसिसको सङ्गठित लविङ्ग भइरहेको छ ।

    प्रहरी जीवन समर्पण सहितको सेवा मात्रै भएको भए यत्तिको कोसिस हुन्थ्यो वा हुन्न थियो थाहा छैन तर प्रहरी सेवा भन्दा अवसर जस्तो परिपाटी हाबी भएको बेला त्यस्तो अभ्यासमा अभ्यस्तहरूले गर्ने त्यस्ता कोसिसलाई अन्यथा मान्न सकिन्न तर निर्णयकर्ताहरुले के ठिक हो हैन भनेर निर्णय लिन सक्नुपर्छ ।



    म चाहिँ भन्छु कि प्रहरी सेवामा तिस वर्षे सेवा अवधि खारेज हुनुपर्छ तर त्यो यसै हचुवामा हतार हतार कोही कसैको लागि खारेज गर्न हुँदैन र त्यो सम्मानित सर्वोच्च अदालतका विभिन्न आदेशहरूकै कारण पनि यत्तिकै गर्न मिल्दैन । तै पनि दौडधुप जारी छ भन्ने कुरा लुकेको छैन ।



    यस्तोमा म चाहिँ सम्मनानिय प्रधानमन्त्रीज्यू र वहाँका सल्लाहकारहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु कि आफ्नो हितको लागि लविङ्गमा कुदिरहनु भएका आइजिपी र वहाँका व्याजी साथीहरूलाई सोध्नु होला “आज तिस वर्षमा अनेकन् तहमा रजगज गरेर पनि नपुगेर सेवा अवधि थपेर टिक्न खोजेको त्यही प्रहरीमा एकै पदमा बिस वर्ष काम गर्न बाध्य सईहरू छन्, कैयौँ असई , हवलदार अनि सिपाही छन् , तिनको चाहिँ विचार गर्नु पर्ला कि नपर्ला ?”

    अनि पर्छ भन्नु भयो भने भन्नु होला “अवैज्ञानिक, असन्तुलित र असङ्गतिपूर्ण ढङ्गले असमयमा तपाईँहरूको सेवा अवधि थप्दा ती तल्ला दर्जाहरू अन्यायमा पर्छन् त्यसैले कोही वा केहीलाई अतिरिक्त सुख दिन हजारौँलाई अन्याय गर्न सकिन्न ।”

    आखिर सरकारको जिम्मा भनेको पनि त अन्यायमा परेकाहरूलाई न्याय दिनु नै त हो । प्रधानमन्त्रीज्यू देखि सम्पूर्ण नेताहरूलाई थाहा होस कि उहाँहरू सबैको मतदाता रहेका नेपाल प्रहरीमा थुप्रै सईहरू छन् जो वर्षौँ देखि सई नै छन् ।

    अझै स्पष्ट पार्दै भन्ने हो भने प्रहरीको वृद्धि विकासको समस्याले समयमा बढुवा नहुँदा कतिपय सईहरू सई हुँदा जन्मिएको उनीहरूको लाला बालाले कलेज पढी सकेर असई जागिर खान कुदेको हेर्नु परेको छ । अनि यस्तोमा तिनीहरू माथि झन् अन्याय हजम होला त ? प्रधानमन्त्रीज्यू ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार