Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७ हजार रुपैयाँ

    सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७ हजार रुपैयाँ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 516
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

    शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।



    यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।



    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार