Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • वरिष्ठ कलाकार वात्स्यायनलाई नागरिक अभिनन्दन

    वरिष्ठ कलाकार वात्स्यायनलाई नागरिक अभिनन्दन

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 144
    SHARES

    पोखरा । वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’लाई पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ ।

    पोखरेली युवा सांस्कृतिक परिवारले ८० वर्ष पूरा भएको अवसरमा बराललाई रथारोहण र नागरिक अभिनन्दन गरेको हो ।



    नदीपुरस्थित बराल निवासबाट बिहान साढे १० बजे सुरु भएको रथारोहणमा सयौं कलाप्रेमी र सर्वसाधारण सहभागी थिए ।



    नदीपुर, बगर, पीएन क्याम्पस गेट, ट्याक्सीचोक हुँदै विन्ध्यबासिनी मन्दिरसम्म उनको रथारोहण भएको थियो ।

    समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार