Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्न सभामुख घिमिरेलाई महासंघको चुनौती

    पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्न सभामुख घिमिरेलाई महासंघको चुनौती

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 513
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

    महासंघले विज्ञप्तिमा जारी गर्दै सभामुख घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको हो ।



    महासंघका महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।’



    शुक्रबार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको र पित पत्रकारिता भइरहेको अभिव्यक्ति दिएका थिए ।

    शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल बधाई ज्ञापन र संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न नवनिर्वाचित देवराज घिमिरेललाई भेट्न गएको थियो ।

    उक्त क्रममा सभामुख घिमिरेले ‘पत्रकारहरू र संघ बिक्रीमा रहेको’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार