Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पर्यटनमन्त्री किरातीले भने – हामीले पर्यटन नीति अहिलेसम्म बनाउनै सकेनौं

    पर्यटनमन्त्री किरातीले भने – हामीले पर्यटन नीति अहिलेसम्म बनाउनै सकेनौं

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 621
    SHARES

    काठमाडौं । नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन  किरातीले बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।



    मन्त्री किरातीले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं । सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो ।’



    उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा गर्दै रैथाने स्वाद र संस्कृतिसहितको पर्यटन हुनुपर्ने बताए ।

    मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्वीकार गरे ।

    मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार