Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकारले ल्याउने विधेयक र विश्वासको मतमा एक ढिक्का हुने १० दलको निर्णय

    सरकारले ल्याउने विधेयक र विश्वासको मतमा एक ढिक्का हुने १० दलको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 420
    SHARES

    काठमाडौं । सत्तारुढ १० दलका शीर्ष नेताहरुबीच आइतबार संसदमा प्रस्तुत गर्ने विधेयक र चैत ६ गते सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ ।

    शनिबार बालुवाटारमा सम्पन्न सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठकमा सो सहमति जुटेको हो । बैठकले आइतबार हुने संसद् बैठकमा गठबन्धनमा रहेका दल एकमत साथ प्रस्तुत हुने सहमतिका साथ निर्णय गरेको बताइएको छ ।



    राष्ट्रपतिको निर्वाचनमा चुनावअघिको गठबन्धन ब्यूँताउँदै नेपाली कांग्रेससहित ८ दल एक ठाउँमा उभिएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो ।



    सो आठदलीय गठबन्धन पछिल्लो समय १० दलीय बनेको थियो । एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले यही चैत ६ गते पुनः विश्वासको मत लिँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार