Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सीपी गजुरेल भन्छन् – जनयुद्ध ठूलो क्रान्ति थियो, त्यहाँ धेरैको ज्यान जान्छ

    सीपी गजुरेल भन्छन् – जनयुद्ध ठूलो क्रान्ति थियो, त्यहाँ धेरैको ज्यान जान्छ

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 372
    SHARES

    काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले समयमा नै संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गो लगाउन नसक्दा अहिले समस्या देखिएको बताएका छन् ।

    शनिबार काठमाडौंमा शान्ति सम्झौता, संक्रमणकालीन न्याय, सत्यनिरुपणलगायतका विषयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले ६ महिनाभित्रै शान्तिप्रक्रियालाई टुङ्गाउनुपर्ने भए पनि १६ वर्षसम्म लम्बिएका कारण अहिले समस्या देखिएको बताए ।



    यसको सम्पूर्ण जिम्मेवारी यस अवधिमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, बाबुराम भट्टराईले लिनुपर्ने उनले जिकिर गरे ।



    गजुरेलले भने, “जनयुद्ध ठूलो क्रान्ति थियो, त्यहाँ धेरैको ज्यान जान्छ, हताहती हुन्छ, त्यो आपराधिक केस लगाएर हुँदैन, यो त शान्ति प्रक्रियाअनुसार सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्छ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार