Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • सर्लाहीका व्यवसायी हजरा मृत फेला, हत्याको आशंका

    सर्लाहीका व्यवसायी हजरा मृत फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 174
    SHARES

    सर्लाही । सर्लाहीका व्यवसायी एवं गोडैतास्थित उद्योग वाणिज्य संघका अध्यक्ष उपेन्द्र हजरा मृत फेला परेका छन् ।

    गोडैता नगरपालिका– ८ का हजराको शव शनिबार दिउँसो घरदेखि करिब तीन सय मिटर उत्तर–पूर्वतर्फ रहरी घारीमा फेला परेको हो ।



    शुक्रबार साँझ घरबाट समान्य अवस्थामा हिँडेका हजराको शव शनिबार अपराह्न रहर खेतमा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको हत्या भएको आशंका गरिएको छ ।



    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर पनि मगाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार