Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • विश्वकप छनोटमा पुगेको क्रिकेट टोलीका खेलाडीलाई दशरथ रंगशालामा सम्मान

    विश्वकप छनोटमा पुगेको क्रिकेट टोलीका खेलाडीलाई दशरथ रंगशालामा सम्मान

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 534
    SHARES

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई दशरथ रंगशालामा सम्मान गरेको छ ।

    लिग अन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लब र एपीएफ क्लबबीचको खेलको मध्यान्तरमा सम्मान गरिएको हो । खेलाडीले उक्त समयमा उपस्थित दर्शकसँग खुशी साटेका थिए ।



    नेपाली टोलीलाई विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै सम्मान गरिएको एमडीएसी स्पोट्र्सले जनाएको छ । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्यत नेपालमा भएको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई नौ रनले पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।



    कार्यक्रममा सांसद प्रदीप पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र एन्फाका अध्यक्ष पंकज नेम्वाङले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई खादा, मालासहित सम्मान गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार