Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राजनीति फुटाउने खेल हो, खेलकुद चाहिँ जोड्ने : मेयर बालेन

    राजनीति फुटाउने खेल हो, खेलकुद चाहिँ जोड्ने : मेयर बालेन

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 750
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीति फुटाउने खेल भएको टिप्पणी गरेका छन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत यस्तो खेल क्षेत्रले सबैलाई जोड्ने अभिव्यक्ति दिएका हुन् ।



    शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एकदिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको थियो ।



    उनले लेखेका छन् ‘राजनीति फुटाउने खेल हो, खेलकुद चाहिँ जोड्ने खेल हो । अब जोड्ने खेललाई प्रबर्द्धन गर्ने हामी सबै को दायित्व हो । राष्ट्रिय क्रिकेटलाई फुटबल को सम्मान, यो सम्मान जोड्ने खेल को अनुपम नमुना हो ।’

    आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा भएको अन्तिम त्रिकोणात्मक श्रृंखलामा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्सलाई ९ रनले पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार