Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध जारी पक्राउ पुर्जी रद्द

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध जारी पक्राउ पुर्जी रद्द

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 177
    SHARES

    एजेन्सी । समर्थकहरूले अदालतबाहिर हंगामा मच्चाएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध जारी गरिएको पक्राउ पूर्जी रद्द भएको छ ।

    यस्तो अवस्थामा अतिरिक्त जिल्ला तथा न्यायाधीश जफर इकबालले मुद्दाको सुनुवाइ मार्च ३० सम्मका लागि स्थगित गरेका हुन् ।



    इमरान शनिबार इस्लामावाद अदालतमा हाजिर भएका थिए । तर उनका समर्थकहरूले अदालतबाहिर हंगामा मच्चाएका थिए ।



    उनले पूर्वप्रधानमन्त्रीविरुद्ध जारी गरेको पक्राउ पुर्जी पनि खारेज गरेका हुन् । न्यायाधीशले यस्तो वातावरणमा सुनुवाइ गर्न सम्भव नहुने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार