Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • माइडिया ब्राण्डका घरायसी सामग्री अब नेपालमा

    माइडिया ब्राण्डका घरायसी सामग्री अब नेपालमा

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । इन्जिनियर्स क्वालिटी नेपालले चीनको नम्बर १ ब्रान्ड माइडिया ब्राण्डको डिलर मिटिङ तथा प्रडक्ट लन्च गरेको छ ।

    इन्जिनियर्स क्वालिटीले माइडियाका उत्पादनहरू नेपालमा ल्याएर प्रडक्ट लन्च र विक्री वितरण गर्न थालेको हो ।





    काठमाडौंमा शनिवार सम्पन्न डिलर मिट तथा प्रडक्ट लन्च कार्यक्रममा आयाकर्ता कम्पनी इन्जिनियर्स क्वालिटी नेपाल तथा चिनीया कम्पनी माइडियाका प्रतिनिधिको पनि सहभागिता थियो ।

    सो डिलर मिटिङमा नेपालका सबै प्रदेशमा रहेका माइडियाका डिलरहरुको सहभागिता थियो । चीनको नम्बर १ ब्राण्डमा पर्ने माइडियाका उत्पादनहरु उच्च गुणस्तरका मानिन्छन् ।

    संसारका २ सयभन्दा बढी देशमा माइडियाका उत्पादनहरु निर्यात हुने गरेको उत्पादक कम्पनीले जनाएको छ ।

    इन्जिनियर्स नेपालले माइडियाका इलेक्ट्रिक चिम्नी, टाइमर चुल्हो, आइओटी वाटर हिटर, आरओ फिल्टर, आइओटी डिसवासर, वाटर डिस्पेन्सरलगायत सामान आयात गरेर विक्री वितरण गर्ने गरेको छ ।

    माइडियाका ३ देखि १० वर्षसम्मको वारेन्टी रहेको र स्पेयर्स पार्टसमा कम मूल्य राखेर थप सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार