Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 435
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको छ ।

    आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेका हुन् ।



    नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनको प्रतिवेदन पेश हुन आएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    शुक्रबार भएको निर्वाचनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए ।

    यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार