Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सप्तरीबाट अटोमेटिक पेस्तोलसहित सोनु पक्राउ

    सप्तरीबाट अटोमेटिक पेस्तोलसहित सोनु पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 537
    SHARES

    सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरी छिन्नमस्ता गाँउपालिका-२ मौवा बस्ने २८ वर्षीय सोनु राय रहेका छन् ।



    रायको साथबाट कम्मरमा एलाष्टिकले बाँधेर ल्याउँदै गरेको म्याग्जिनसहितको मेड इन युएसए लेखिएको अटोमेटिक एक थान पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।



    तिलाठी कोईलाडी गाँउपालिका-१ खाडो खोला स्थित बोर्डर ईलाका बिओपि तिलाठीबाट खटिएको टोलीले रायलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

    आवश्यक कारबाहीका लागि रायसंगै सप्तरीकै राजबिराज बस्ने रोशन यादवलाई समेत नियन्त्रणमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार