Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगको तयारी

    तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगको तयारी

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 678
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने तयारीकै क्रममा अन्य दुई वटा निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गराउने विषयमा छलफल अघि बढाएको छ ।

    आयोगले वैशाख १० गते नै चितवनमा उपनिर्वाचन गराउने क्रममा तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउन सकिने विषयमा प्रारम्भिक छलफल शुरू गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।



    ‘चितवनमा उपनिर्वाचन गराउने बेलामै तनहुँ र बारा पनि निर्वाचन गराउँदा स्रोत साधनको किफायतीका हिसाबले राम्रो हुनेछ कि भनेर सोचका छौं । सरकारसँग छलफल गरेर यसको घोषणा गर्नेछौं’ उनले भने ।



    २०७९ साल मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्र रिक्त भएको थियो । आयोगले गत माघ २९ गते सो क्षेत्रमा उपनिर्वाचन गराउने घोषणा गर्दै तयारी अघि बढाएको थियो ।

    त्यसै गरी चितवन २ को निर्वाचन कार्यक्रमअनुसार नै चैत १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, चैत २० गते उम्मेदवारी दर्ता गर्नेलगायत वैशाख १० गते नै निर्वाचन गर्ने आयोगले तयारी गरिरहेको छ ।

    चितवनमा उपनिर्वाचनको प्रयोजनले दल दर्ता गर्ने कार्य सकिएको छ भने अरू तयारीहरू गरिरहेको स्थितिमा तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउनुपर्ने स्थिति उत्पन्न भएको हो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार