Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अवैध लागूऔषधसहित धनुषाबाट मनोज र सुजित पक्राउ

    अवैध लागूऔषधसहित धनुषाबाट मनोज र सुजित पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 735
    SHARES

    धनुषा । प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ।

    मिथिला नगरपालिका-६ ढल्केवर चौकमा प्रहरीले चेकजाँच गर्ने क्रममा जमुनिवासका ३५ वर्षीय मनोजकुमार महतो र २२ वर्षीय सुजितकुमार महतोलाई पक्राउ गरेको हो।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नियमित चेकजाँच गर्ने क्रममा ढल्केवर तर्फबाट बर्दिबास तर्फ आउँदै गरेको अवस्थामा उनीहरु सवार प्र.२–०२–००३ प ७८७७ नं.को मोटरसाइकलबाट लागुऔषध पदार्थ बरामद गरेको थियो ।



    उनीहरुले मोटरसाइकलमा जुटको बोरामा राखि ल्याएको प्रतिबन्धित लागुऔषध एक्सिप्लोन १०० एमएलको ९८ बोतल र नाईट्रोजम्पा ७३० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

    । उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार