Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एमालेलाई देवेन्द्र पौडेलको जवाफ – संसद विघटनलाई बहादुरी ठानेपछि समीकरण फेर्‍यौं

    एमालेलाई देवेन्द्र पौडेलको जवाफ – संसद विघटनलाई बहादुरी ठानेपछि समीकरण फेर्‍यौं

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 522
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले कतिपय माननीयले संसद विघटनलाई बहादुरी गरेजस्तै गरेर प्रस्तुत गरेको बताएका छन् ।

    संसद बैठकलाई सम्बोधन गर्दै सचिव पौडेलले यस्तो बताएका हुन् । पौडेलले विगतका गल्तीबाट सिक्नुपर्नेमा उल्टै प्रशंसा गर्नु गलत भएको बताए ।



    एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई बहादुरी ठानेपछि आफूहरुले राजनीतिक समीकरण फेरेको उनको भनाई छ ।



    एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डलाई पुस १० गते भएको सहमति किन तोडेको भनेर प्रश्न गरेपछि उनले त्यसको जवाफ दिएका हुन् ।

    सर्वोच्च अदालतबाट करेक्सन गरेको विषयलाई बहादुरी ठान्दा आफूहरुले समीकरण फेरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार