Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बारा र तनहुँमा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने आयोगको निर्णय

    बारा र तनहुँमा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने आयोगको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 522
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

    आयोगले चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्वाचन गर्ने निर्णय गरेको हो ।



    चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । फागुन २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो ।



    यस्तै चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै बारा २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

    संविधानअनुसार प्रतिनिधिसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त हुने र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

    यस्तै नागरिकता प्रकरणमा रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार