Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रधानमन्त्री थ्री नेसन्स कपको विजेताले ५ हजार डलर पाउने

    प्रधानमन्त्री थ्री नेसन्स कपको विजेताले ५ हजार डलर पाउने

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।



    घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको प्रधानमन्त्री थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुँदैछ ।



    खेलका लागि दुवै टिम आज नेपाल आईसकेको छ।

    तीन राष्ट्रहरूले सिंगल राउन्ड रोविन आधारमा खेल खेली उत्कृष्ट दुई राष्ट्रबीच फाइनल खेल खेलाइने एन्फाले जनाएको छ ।

    थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको विजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने भएका छन् ।

    त्यस्तै, दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्ने जनाईएको छ ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

    प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार