Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, सामान्य आहार दिन थालियो

    चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, सामान्य आहार दिन थालियो

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 582
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ ।

    बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको हो ।



    आगलागीबाट गम्भीर घाइते भएका डा भण्डारीको आज ३३ दिन पुग्दा स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।



    “डा भण्डारीको फिजियोथेरापी भइरहेको छ । कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ । स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ,” डा भण्डारीका दाजु मीनप्रसादले भने ।

    डा भण्डारीको फिजियोथेरापी जारी रहेको र केही समय सहयोगबिना बस्न थालेका दाजु मीनप्रसादको भनाइ छ । अनुहारको छाला राम्रो हुँदै गएकाले तत्काल अप्रेसन गर्नुनपर्ने चिकित्सकले बताएका छन् ।

    सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।

    आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार