Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सरकारमा गएर कांग्रेसले नयाँ शैलीमा काम गर्नुपर्छ : प्रदीप पौडेल

    सरकारमा गएर कांग्रेसले नयाँ शैलीमा काम गर्नुपर्छ : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 741
    SHARES

    चितवन । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सरकारमा गएर नयाँ शैलीमा काम गर्नुपर्ने बताएका छन्।

    चितवनमा नेपाल ट्रेड युनियनले गरेको कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।



    सांसद पौडेलले भने, ‘सरकारमा जाँदै गर्दा अब हामीले नयाँ शैलीमा काम गर्नुपर्नेछ। जनताका काम गर्दै सकारात्मक सन्देश दिने गरी नै सरकारमा जानेबारे छलफल भइरहेका छन् । हामी अब ५ वर्ष नै सरकारमा रहने अवस्था बन्न सक्छ। राम्रो काम गर्न सकियो भने बल्ल ५ वर्षपछिको चुनावमा एक्लै लड्न सकिन्छ।’



    उनले योग्य मानिसहरूले अवसर पाउने परिस्थिति निर्माण गर्नुपर्ने पनि बताए।

    देशमा सुशासन र पद्धति तथा भ्रष्टाचार हुँदा विदेशिने बढिरहेको बताए। उनले सरकार बनाउने सन्दर्भमा गठबन्धन स्वभाविक हुने पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार