Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोशी प्रदेशको सबैभन्दा ठूलो महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका पौडेल विजयी

    कोशी प्रदेशको सबैभन्दा ठूलो महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका पौडेल विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 513
    SHARES

    विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन् ।

    कोशी प्रदेशको सबैभन्दा ठूलो क्याम्पसमा उनले अखिल क्रान्तिकारीका रोहित यादव (विकास) पराजित गरेका हुन् ।



    पौडेलले १ हजार ६ सय ८९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का यादवले ७ सय ८४ मत पाए ।



    सचिवमा अनेरास्ववियुका सनिम ठकुरी र कोषाध्यक्षमा भने नेपाल विधार्थी संघका स्वस्तिक बोहरा निर्वाचित भएका छ ।

    चुनावका लागि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी)ले प्यानल उम्मेदवार दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार