Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • युक्रेन युद्ध रोक्न रुसलाई चिनियाँ राष्ट्रपति सीको आग्रह

    युक्रेन युद्ध रोक्न रुसलाई चिनियाँ राष्ट्रपति सीको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 486
    SHARES

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेन युद्ध अन्त्यको प्रस्ताव राखेका छन् ।

    रुस भ्रमणमा रहेका सीले रुस–युक्रेन युद्धका लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव समकक्षी पुटिनसमक्ष राखेका हुन् ।



    चीनको प्रस्तावमा सामान्य सिद्धान्तका कुरा भए पनि युद्ध कसरी रोक्ने भन्ने विस्तृत योजना भने नरहेको र रुसले पछिल्लो भेटबारेमा विस्तृत जनाकारी दिएको छैन् ।



    पश्चिमा देशहरूले रुसलाई एक्लो बनाइरहेका बेला चिनियाँ राष्ट्रपति सी रुस पुगेर युद्ध रोक्न आग्रह गरेका हुन् । चीनको प्रस्तावपछि रुसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफू खुला रहेको बताएका छन् ।

    एक वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरे पनि चीनले त्यसको विरोध गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार