Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • वन्यजन्तुको सुकुटीसहित देउखुरीबाट कमानसिंह पक्राउ

    वन्यजन्तुको सुकुटीसहित देउखुरीबाट कमानसिंह पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 516
    SHARES

    दाङ । दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित एकजना पक्राउ परेका छन् ।

    दाङको राजपुर गाउँपालिका–७ छेकरीया नाका निवासी ४९ वर्षीय कमानसिंह बिक वन्यजन्तुको सुकुटी बोकेर हिँडिरहेको अवस्थामा मंगलबार बिहान राजपुर–५ नौसराबाट पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी चंगुवाबाट गएको प्रहरी टोलीले बिकलाई पक्राउ गरी खानतलासी गर्दा उनले बोकेका दुईवटा बोरामा सुकुटी फेला परेको थियो ।



    पक्राउ परेका विकलाई जङ्गली जनावरको २० किलो सुकुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार