Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उपनिर्वाचनमा भाग लिन आजबाट दल दर्ता

    उपनिर्वाचनमा भाग लिन आजबाट दल दर्ता

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 438
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । आयोगले मंगलबार सूचना प्रकाशित गर्दै चैत ८ देखि १२ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

    वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ जिल्ला निर्वाचन क्षेत्र र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि हिजो सार्वजनिक सूचना जारी गरेको थियो ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मङ्सिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा संसद् पद रिक्त छ ।



    यसैगरी, तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।

    आयोगका अनुसार आज (चैत ८ गते) देखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार