Online Nepal
  • शनिबार, १० साउन २०८२
  • आयात उच्च, निर्यात सुस्त

    आयात उच्च, निर्यात सुस्त

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 876
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आयात अकासिएको छ। निर्यात भने ओरालो लागेको छ। फागुनमा १ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँको आयात हुँदा निर्यात भने ११ अर्ब ३६ करोडको मात्रै भएको छ।

    सरकारले पुस १ गतेदेखि विलासिताका वस्तुको प्रतिबन्ध हटाएसँगै राष्ट्र बैंकले अनिवार्य नगद मार्जिन हटाएको थियो। जसको परिणाम देखिन थालेको हो। भन्सार विभागको तथ्यांकअनुसार फागुनको वस्तु आयात भदौयताकै सबैभन्दा बढी हो।



    चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भने दोस्रो उच्च हो। यसअघि भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड मूल्यको सामान भित्रिएको थियो। विभागका अनुसार माघभन्दा फागुनमा १३ अर्ब बढीको वस्तु विदेशबाट आएको हो।

    सरकारले गत वैशाखमा विलासिताका वस्तु भित्र्याउन रोक लगाएपछि चालू आवको पहिलो महिनादेखि असर देखिन थालेको थियो। दसैं–तिहारमा उपभोग बढ्ने भएकाले भदौमा केही बढी मूल्यको भित्रिएको थियो। त्यसयता आयातमा लागेको अंकुश सरकारले पुस १ देखि लागू हुने गरी खोलेको थियो।

    राष्ट्र बैंकले आयातमा प्रवाह हुने कर्जामा अनिवार्य नगद मार्जिन माघ ५ गते हटाएको थियो। त्यससँगै फागुनदेखि पूर्ववत् तरिकामा पुगेपछि आयातको परिमाण अकासिएको हो।

    विभागको तथ्यांकअनुसार असोजमा १ खर्ब २७ अर्ब, कात्तिकमा १ खर्ब ३१ अर्ब, मंसिरमा १ खर्ब ३२ अर्ब, पुसमा १ खर्ब २७ अर्ब र माघमा १ खर्ब २६ अर्बको आयात भएको छ। अन्नपूर्ण पोस्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार