Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • महासचिव पोखरेलले भने – एमाले १० दलीय सत्ता गठबन्धन तोड्ने धन्दामा छैन

    महासचिव पोखरेलले भने – एमाले १० दलीय सत्ता गठबन्धन तोड्ने धन्दामा छैन

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 402
    SHARES

    दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भएको बताएका छन् ।

    घोराहीमा भएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    महासचिव पोखरेलले सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको समेत बताए।



    उनले भने, ‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र जनताका पक्षमा काम गरेमा हामी साथ दिन्छौ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोच राख्दैनौँ ।’

    महासचिव पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको भन्दै तत्काल गठबन्धन भत्काउन एमाले नलाग्ने बताए ।

    पोखरेलले सरकार देश र जनताभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधिमा लागे एमालेले सधैँ विरोध गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार