Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • त्रिविको परीक्षा केन्द्र सार्ने निर्णय सच्याउन विद्यार्थी नेताहरुको माग

    त्रिविको परीक्षा केन्द्र सार्ने निर्णय सच्याउन विद्यार्थी नेताहरुको माग

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 516
    SHARES

    काठमाडौं । यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने परीक्षा नियन्त्रण कार्यालयको निर्णयप्रति विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

    बिहिबार उनीहरुले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरु अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका छन् ।



    नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा विद्यार्थीहरूलाई मनोवैज्ञानिक रुपमा असर पर्ने गरी परीक्षा केन्द्र सार्ने निर्णय गरेको भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।



    विद्यार्थीलाई दुःख दिने मनसायका साथ गरिएको परीक्षा केन्द्र टाढा सार्ने निर्णय तत्काल नसच्याए संघर्ष गर्न बाध्य हुने उनीहरूको चेतावनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार