Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा फेरि बढ्न थाल्यो कोरोना, एकैदिन १७ जनामा संक्रमण पुष्टि

    नेपालमा फेरि बढ्न थाल्यो कोरोना, एकैदिन १७ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 837
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ। लगभग शून्यमा झरेको संक्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ ।



    चैत ७ र चैत ८ गते भने शून्य संक्रमित थिए। चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो।



    सक्रिय संक्रमित पनि बढेको पाइएको छ। आज ३० जना सक्रिय संक्रमित छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार