Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको सानदार जित

    रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको सानदार जित

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 657
    SHARES

    फाइल फोटो

    एजेन्सी । युरोकप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित हासिल गरेको छ ।

    कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँगै पोर्चुगलले घरेलु मैदानमा बिहीबार राति भएको खेलमा लिचेस्टाइनमाथि ४–० को सानदार जित निकालेको हो ।



    पोर्चुगलको जितमा कप्तान रोनाल्डोले २ तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान १–१ गोल गरे । यस जितसँगै समूह ‘जे’ मा पोर्चुगलले ३ अंक जोडेको छ।



    बिहीबार रातिको खेलसँगै रोनाल्डो देशका लागि सर्वाधिक धेरै अन्तराष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बनेका छन् । रोनाल्डोको यो १९७ औं अन्तराष्ट्रिय खेल हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार