Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाल प्रहरीको ३०औं आईजीपीमा वसन्त कुँवर नियुक्त

    नेपाल प्रहरीको ३०औं आईजीपीमा वसन्त कुँवर नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक (आईजीपी) मा वसन्त बहादुर कुँवरलाई नियुक्त गरेको छ ।
    शुक्रबार बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नेछन् ।

    वर्तमान आईजीपी धिरज प्रताप सिंहले आज मध्यरातबाट अनिवार्य अवकाश पाउन लागेपछि सरकारले आजै नयाँ आईजीपी नियुक्तिको निर्णय गरेको हो ।



    आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।



    हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    २९ वर्षपहिले कुँवरले प्रहरी निरीक्षकमा पहिलो नम्बरमा नाम निकालेका थिए। त्यसपछि उनी कहिले पनि आफ्नो वरीयतामा अडिएनन्। डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा झन् झन् पछाडि धकेलिए। अवकाशको दुई वर्षपहिले भर्ना हुँदाको वरीयतामा फर्किएका कुँवर नेतृत्वको समेत बलियो दाबेदार बने।

    एसएसपी हुँदासम्म पछि परेका उनी डिआईजी बढुवामा एक नम्वरमा उक्लिएसँगै आईजीपीको दाबेदार बनेका थिए ।
    भर्ना हुँदा पहिलो नम्बरमा भएका कुँवर डीएसपी हुँदा ६ नम्बरमा र एसपीमा १२ नम्बरमा पुगेका थिए। पछि एसएसपीमा ब्याचबाट १३औँ नम्बरमा पुगेका कुँवर डिआईजी बढुवामा भने एकैपटक १२ स्थान अगाडि आइपुगेका हुन्।
    एआईजी बढुवामा पनि उनले श्यामलाल ज्ञवाली, टेकप्रसाद राई, दिपक थापा र किरण बज्राचार्यलाई पछाडि पार्दै पहिलो नम्बरमा नै बढुवा भएका थिए । बढुवा भएका प्रहरी अधिकारीहरुले विहिबार मात्रै एआईजीको फूली लगाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार