Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बागमती सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

    बागमती सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 498
    SHARES

    काठमाडौं । वाग्मती प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरुले राजीनामा दिएका छन् ।

    शुक्रबारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।



    एमाले गत पुस २६ गते एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो ।



    नेता थपलियाले शुक्रबारको प्रदेशसभाबाट बोल्दै गरेर सरकारबाट बाहिरिएको र सशक्त प्रतिपक्षको भूमिकामा रहने घोषणा गरेका थिए ।

    नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए भने एमालेका एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार