Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ : राष्ट्रपति पौडेल

    रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 321
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

    सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) नेपालको कार्यसमितिसँग शनिबार शीतलनिवासमा भेट गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिए।



    राष्ट्रपति पौडेलले भने, ‘८ कक्षा, एसएलसी उत्तीर्ण हुनासाथ काम गर्नुहुँदैन भन्ने भावनाको विकास भइरहेको छ । श्रम गर्नु राम्रो हो, यसले तन र मन दुवैलाई स्वस्थ बनाउँछ भन्ने भावना विकास हुनेगरी सामुदायिक रेडियोले काम गर्नुपर्छ ।’

    उनले देशका कुना कन्दरासम्म फैलिएर रहेका सामुदायिक रेडियोहरूले नागरिकको सूचनाको लागि महत्वपूर्ण काम गरिरहेको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार