Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • संविधानको संरक्षण गर्नु मेरो प्रमुख दायित्व हो : राष्ट्रपति पौडेल

    संविधानको संरक्षण गर्नु मेरो प्रमुख दायित्व हो : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 354
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन्।

    नेपाल बार एसोसिएशनको प्रतिनिधिमण्डलसंग कुरा गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।



    राष्ट्रपति पौडेलले भने,‘संविधानको अक्षर र भावनाको मर्म अनुरुप कानुनका जानकारहरूले काम गर्न सुझाव र सल्लाह दिनुहोला ।’



    राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम कर्तव्य र अधिकारप्रति आफु सचेत नै रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार