Online Nepal
  • शनिबार, १० साउन २०८२
  • सोमवारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ : देवेन्द्र पौडेल

    सोमवारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ : देवेन्द्र पौडेल

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 687
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरेका छन्।

    शनिवार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकपछि सचिव पौडेलले गठबन्धन दलहरूसंग छलफल गरेर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताएका हुन् ।



    पौडेलले अघि भने, ‘ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलसँग छलफल गरेर सके भोलि नत्र पर्सिसम्म गठबन्धन दलको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ। छिट्टै क्याबिनेट विस्तार हुन्छ।’

    माओवादी बैठकले गठबन्धन दलहरूसँग छलफल गरेर संसद्को कारबाही प्रभावकारी बनाउने र टिआरसी लगायतका विधेयक पारित गर्नेबारे बैठकमा छलफल भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार