Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • म्याद गुज्रेका औषधि भेटिएपछि कैलालीमा दुई फार्मेसी सिल

    म्याद गुज्रेका औषधि भेटिएपछि कैलालीमा दुई फार्मेसी सिल

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 795
    SHARES

    कैलाली । कैलालीका दुई वटा अस्पताल तथा फार्मेसी सिल गरिएको छ ।

    सामाजिक विकास मन्त्रालय, औषधि व्यवस्था विभाग नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय कैलालीको संयुक्त अनुगमन टोलीले अत्तरियास्थित सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसी र नेहा फार्मेसी सिल गरेको हो ।



    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अनुगमन टोलीले धगगढी र अत्तरियाका ८ वटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो ।



    त्यस क्रममा नेहा र सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसीमा म्याद गुज्रेका औषधि रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखीकरण नगरेका लगायतका कमजोरी भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार