Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • आईजीपी कुँवरले भने- प्रहरीमा सुधार आवश्यक छ, आन्तरिक सुदृढीकरणमा जोड दिन्छु

    आईजीपी कुँवरले भने- प्रहरीमा सुधार आवश्यक छ, आन्तरिक सुदृढीकरणमा जोड दिन्छु

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण गर्ने बताएका छन् ।

    आईतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले यस्तो बताएका हुन् ।



    उनले प्रहरीले गर्ने राम्रा काम र विगतमा भएका त्रुटिहरू लुकाएर प्रशासन बलियो नबन्ने भएकाले प्रहरीमा सुधार आवश्यक रहेको बताए ।

    उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे ।

    नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार