Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • निलम्बनमा परे हेलिकप्टरका तीन पाइलट

    निलम्बनमा परे हेलिकप्टरका तीन पाइलट

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 483
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार तीन विभिन्न कम्पनीका हेलिकप्टरका तीन जना पाइलटलाई निलम्बन गरेको छ।

    पाइलटहरूले उडान नियम उल्लंघन गरेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका उनीहरूलाई निलम्बन गरिएको हो।



    प्राधिकरणका अनुसार एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द बोल्ने एक पाइलटलाई निलम्बन गरेको छ ।



    त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई निलम्बन गरेको छ । प्राधिकरणले उनीहरूको नाम खुलाएको छैन ।

    यी तीनैजना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकोप्टर उडाउन नपाउने प्राधिकरणले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार