Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • एसपी पाण्डेमाथि अख्तियारको छानविन, प्रशासनबाट हटाउलान् आईजीपी कुँवरले ?

    एसपी पाण्डेमाथि अख्तियारको छानविन, प्रशासनबाट हटाउलान् आईजीपी कुँवरले ?

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) वसन्तबहादुर कुँवरले पदभार ग्रहण गरेलगत्तै प्रहरी संगठनको आन्तरिक सुद्दिकरण पहिलो र मुल प्राथमिकता हुने बताएका छन् ।

    प्रहरीभित्रका विकृति र विसंगतिलाई हटाउने पनि उनले बताएका छन् । आईजीपी कुँवरले प्रहरीभित्रका विकृति तथा सुद्दिकरणको कुरा उठाइरहँदा प्रहरी प्रधान कार्यालय भित्रकै महत्वपूर्ण मानिएको कर्मचारी प्रशासन शाखा नै विकृतिको अखडा बनेको छ ।



    कर्मचारीहरुको सरुवा र बढुवा गर्ने महत्वपूर्ण शाखा प्रशासनको प्रमुख छन् एसपी बेल पाण्डे । पाण्डेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानविन गरिरहेको छ ।



    अख्तियारले छानविन गरिहँदा पनि निवर्तमान आईजीपी धिरजप्रताप सिंहले अख्तियारलाई अटेर गर्दै पाण्डेलाई नै प्रशासनमा राखेर प्रहरी भित्र नयाँ विकृतिको थालनी गरेका थिए ।

    पाण्डेमाथि पर्साको एसपी छँदा तस्करीलाई मलजल पु¥याएको तथा हुण्डीका डन राज होजियारीसँग मिलेमतो गरी करोडौं आर्थिक लाभ लिएको आरोप लाग्दै आएको छ । होजियारी पर्सामा हुण्डीका कलेक्टरका रुपमा चिनिन्छन् ।

    पाण्डेले ससुराली, नातागोता तथा आफन्तका नाममा अकुत सम्पत्ति जम्मा गरेको आरोपमा अख्तियार कम्पनी रजिष्ट्रार कार्यालय र उद्योग विभागलाई पत्राचारी गरी शेयर विवरणहरु माग गरेको कम्पनी रजिष्ट्रार कार्यालयका एक उच्च अधिकारीले बताएका छन् ।

    पर्साको एसपी छँदा पाण्डेले अवैध असुली गर्न नमानेपछि गलत चार्ज लगाएर तल्लो तहका केही प्रहरी अधिकारीहरुलाई हटाएको प्रकरणमा पनि अख्तियारले छानविन गरिरहेको छ । तस्करी र हुण्डीका नाइकेलाई पक्राउ गर्न खोज्ने प्रहरी अधिकारीलाई उनले विभिन्न आरोप लगाएर हटाएका थिए । यिनै एसपी पाण्डेलाई धिरजप्रताप सिंह आईजीपी बने लगत्तै पुरस्कृत गरी कर्मचारी प्रशासनमा लगेका थिए ।

    एसपी पाण्डेमाथि आफू निकटका प्रहरीलाई नियम विपरित काज सरुवा गरी राम्रो स्थान दिएको आरोप लाग्दै आएको छ ।

    अख्तियारको पत्र आएपछि गत साता कम्पनी रजिष्ट्रार कार्यालयले पाण्डे र उनका आफन्तका नाममा रहेका विभिन्न संस्थाका शेयर विवरणहरु अख्तियारलाई पठाएको स्रोतको भनाई छ । पाण्डेविरुद्ध २० करोड भन्दा बढी अवैध सम्पत्ति जम्मा गरेको तथा तल्लो तहका प्रहरी कर्मचारीहरुलाई दुःख दिने गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको स्रोतको भनाई छ । पाण्डेमाथि अकुत सम्पत्तिमा मुद्दा चलाउने अख्तियारको तयारी रहेको बुझिएको छ ।

    पाण्डेमाथि अख्तियारले छानविन गरिरहहेको विषयमा प्रतिकृया लिनका लागि प्रहरी प्रवक्ता डिआईजी पोषराज पोखरेलसँग सम्पर्क गर्दा उनको व्यस्तताले गर्दा सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार