Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • महिला ओलम्पिक फुटबलको छनोटमा नेपालले भियतनामसँग दुई खेल खेल्दै

    महिला ओलम्पिक फुटबलको छनोटमा नेपालले भियतनामसँग दुई खेल खेल्दै

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 459
    SHARES

    काठमाडौं । पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग मात्र खेल्ने भएको छ ।

    नेपाल रहेको समूह सी मा भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन रहेपनि दुई टोलीले नाम फिर्ता लिएका थिए।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्नेछ ।



    नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल साँझ ६ बजे सुरु हुनेछ ।

    प्रतियोगिताका लागि सहभागी हुन भियतनामको राष्ट्रिय महिला टोली ३ अप्रिलमा काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ।

    खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार