Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • तीन महिने संगीनी सुई बोकालाई लगाइएपछि…

    तीन महिने संगीनी सुई बोकालाई लगाइएपछि…

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 981
    SHARES

    गुल्मी । गुल्मीमा महिलालाई लगाउने गर्भनिरोधक तीन महिने संगीनी सुई बोकालाई लगाएको खुलेको छ ।

    जिल्लाको धुर्कोट गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका केही बोकालाई उक्त सुई लगाइएको पाइएको हो ।



    सोमबार गाउँपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै केही पशुहरूमा प्राइभेट सेक्टरमा रही पशु सेवामा कामकाज गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूबाट नियम विपरीत महिलामा प्रयोग गर्ने हर्मोन संगीनी सुई पशुमा प्रयोग गरेको उल्लेख गरेको छ ।

    उक्त सुईले हर्मोनको दीर्घकालीन असर मानव स्वास्थ्यमा पर्न जाने भएकोले उक्त कार्य यथासिघ्र बन्द गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

    साथै आगामी दिनमा सो कार्य गर्ने गराउने गरेको पाइएमा दुवैलाई कानुन बमोजिम दण्ड सजाय गरिने गाउँपालिकाको चेतावनी छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार