Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो

    कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन कार्यसमितिको बैठक सरेको छ । मंगलबार बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो । अब उक्त बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

    बीपी स्मृति भवन बीपीनगरमा बिहीबार बैठक बस्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । सरकारमा पठाउने मन्त्रीबारे मंगलबारको कार्यसम्पादन समिति बैठकमा छलफल हुने बताइएको छ ।



    साथै कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार