Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • रविको पार्टीका नेताहरु : कोही सशस्त्रको ठेक्का हत्याउँदै, कोही अमेरिका बसेर ठग्दै

    रविको पार्टीका नेताहरु : कोही सशस्त्रको ठेक्का हत्याउँदै, कोही अमेरिका बसेर ठग्दै

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 3.2K
    SHARES

    काठमाडौं । नौ महिनाअघि मात्रै स्थापना भएको रवि लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) एकपछि अर्को विवादमा फस्दै आएको छ । पार्टीका सभापति रवि लामिछाने नै नागरिकता र राहदानी विवादमा पर्दा सभापतिदेखि सांसद पद नै खारेज भयो । यद्यपी उनी अहिले पार्टीको सभापति भने छन् ।

    रास्वपाका केन्द्रीय सदस्यहरु पनि विवादमा तानिदै आएका छन् । कोही सशस्त्र प्रहरीको ठेक्का विवाद परेका छन् भने कोही अमेरिका बसेर नेपाल र अमेरिकामा रहेका व्यवसायीहरुलाई ठगी गर्दै आइरहेको रहस्य खुलेको छ ।



    सशस्त्र प्रहरी बलले ३५ करोड रुपैयाँ बराबरका स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिदको टेण्डरमा रास्वपाका केन्द्रीय सदस्य बिष्णकुमार श्रेष्ठको कम्पनीलाई दिनेगरी सेटिङ भएको रहस्य खुलेको हो ।



    आफूलाई बिष्णु पुरुषका नामले चिनाउने श्रेष्ठ पेशाले गार्मेन्ट ब्यवसायी हुन् । घुस नखाने र आफ्नो स्वार्थका लागि काम नगर्ने वचनवद्धता प्रकट गरेका लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदा हिमाली आइटमको लागि तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँगको सहकार्यमा सशस्त्रको हिमाली आइटम खरिदको बजेट छुट्याउन लगाइएको समेत खुलेको छ ।

    सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालको स्वार्थ अनुकुल आर्थिक प्रशासनका प्रमुख एसएसपी होम ज्ञवालीले श्रेष्ठको कम्पनीले पेश गरेको नमूनासँग मात्र मिल्ने गरी स्पेसिफिकेसन राखेको स्रोतको दावी छ । लामिछाने गृहमन्त्री भएकै समयमा आईजीपी अर्यालसँग भएको सहमति अनुसार गएको माघ १९ मा हिमाली आइटम स्नो ज्याके, स्नो बुट, स्नो स्लीपीङ ब्यागको बोलपत्र सूचना निकालिएको थियो ।

    अर्थमन्त्रालयले बजेटको सुनिश्चितता गरे पनि निकासा अझै नगरेकाले २ महिना पुग्न लागिसक्दा पनि उक्त टेण्डर खोलिएको छैन । सार्वजनिक खरिद अनुगमन कार्यालयले सफ्टवेयरमा समस्या आएका कारण उक्त टेण्डर खोल्ने मिति पछि सार्दै आएको बताइएको छ । सुरुमा चैत ५ मा खोल्ने भनिएको उक्त टेण्डर, चैत ९ मा सारिएको थियो । तर, चैत ९ मा समेत खोलिएन । यद्यपी श्रेष्ठले भने सशस्त्रको बन्दोबस्तीका सामानको टेण्डरमा आफूले भाग नलिएको बताउने गरेका छन् ।

    अर्का केन्द्रीय सदस्य ठगी धन्दामा
    रास्वपाका अर्का केन्द्रीय सदस्य मोहनजंग थापा भने ठगी धन्दामा मुछिएका छन् । अमेरिका निवासी थापा ठगी धन्दामा संलग्न रहँदै आएको रहस्य खुलेको हो । अमेरिका बसेर नेपाल आवत–जावत गर्ने थापाले नेपाल प्रहरीका एक पूर्व उच्च अधिकारीको घर बैना गराईदिने नाममा जापानबाट पैसा मगाएर २५ लाख रुपैया ठगी गरेको खुलेको छ ।

    थापा अमेरिकामा पटक–पटक जेल पर्दै छुट्दै आएका व्यक्ति हुन् । उनले रवि लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएको पीडित एक व्यवसायीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरुलाई उल्टै धम्की दिने गरेको पनि ती व्यवसायी बताउँछन् ।

    अमेरिकी बैंकको चेक दिएर विभिन्न व्यक्तिहरुलाई लाखौं रकम ठगी गर्दै आएका थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीलाई आफूले नै लगेको भन्दै पीडितहरुलाई उल्टै धम्क्याउदै आएको पनि खुलेको छ ।

    थापाले केसी थरका एक व्यवसायीबाट पनि ७५ लाख रकम ठगी गरेको खुलेको छ । रवि लामिछाने गृहमन्त्री छँदा थापाले प्रहरीको सरुवा बढुवामा चलखेल गरेको सार्वजनिक भएको थियो । उनले आफूलाई अमेरिकाको ठूलो व्यवासायी भएको भ्रम छरेर विभिन्न व्यक्तिहरुसँग रकम असुल्दै आएको खुलेको छ ।

    थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको स्रोतको दावी छ । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । उनी फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

    थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचय पत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेर थापालाई जेल सजाय भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार