Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • तीन मन्त्रालयमा दाबी गर्ने एकीकृत समाजवादीको निर्णय

    तीन मन्त्रालयमा दाबी गर्ने एकीकृत समाजवादीको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 534
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

    मंगलबार बसेको सचिवालय बैठकले राम्रा तीन मन्त्रालयमा दाबी गर्ने निर्णय गरेको हो ।



    बैठकमा नेताहरुले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका थिए ।



    पार्टीले सरकारमा सहभागी हुन कम्तिमा तीनवटा मन्त्रालयबाट पछि नहट्ने अडान राख्ने भएको छ । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा मापदण्ड बनाएर सोही मापदण्डका आधारमा मन्त्री छनोट गर्ने समाजवादीले जनाएको छ ।

    सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको बताए । नेकपा एसले गृह मन्त्रालयको अडान राखेको छ ।

    उनीहरुले गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भए पनि तीन मन्त्रालयबाट घट्न नसक्ने स्पष्ट सन्देश प्रधानमन्त्रीलाई दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार