Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ‘अब धनगढी दौडिन्छ’को नवौं संस्करण वैशाख १ गते

    ‘अब धनगढी दौडिन्छ’को नवौं संस्करण वैशाख १ गते

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 480
    SHARES

    धनगढी । ‘अब धनगढी दौडिन्छ’को नवौं संस्करण नयाँ वर्ष वैशाख १ गतेको दिन आयोजना हुने भएको छ ।

    सधै झै यो बर्षपनि नयाँ बर्षको अवसर पारेर धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने लागेको हो ।



    प्रतियोगिता बैशाख १ गते बिहान ७ बजे धनगढी रंगशालाबाट शुरु हुने धनगढी जेसिजले जनाएको छ।  धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले म्याराथन प्रतियोगितामा विभिन्न ४ बिधा समाबेश गरिएको जानकारी दिए ।



    म्याराथन प्रतियोगितामा खुला (२१.१ किलोमीटर), कर्पोरेट र संचार (५ किलोमीटर), ट्राइसाइकल रेस (५ किलोमीटर) र महिला (५ किलोमीटर) गरि चार बिधा आयोजना गर्न लागिएको छ ।

    म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गर्नेछन । त्यस्तै कर्पोरेट र संचार तर्फ ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार राखिएको अध्यक्ष ओझाले बताए ।

    यसैगरी, ट्राइसाइकल तर्फ सहभागी सबैलाई पुरस्कार दिइने र महिलातर्फ बिजयीहुनेले क्रमशः ५ हजार ५५५, ३हजार ३३३ र २ हजार २२२ रुपैया पुरस्कार दिइने अध्यक्ष ओझाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार